स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

पत्रकारिता क्षेत्र शक्तिशाली ,स्वच्छ र मर्यादित हुनुपर्छ : मन्त्री कार्की

सेयर गर्नुहोस

विराटनगर, ३० कात्तिक: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नुपर्छ भन्नुभयो ।

उहाँले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारिता क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रदेशसभाका सदस्य जयराम यादवले विकासमा जनसहभागिता बढाउन र दण्डहीनतालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले समृद्ध, आधुनिक र विकसित समाज निर्माण गर्न पत्रकारिता क्षेत्र इमान्दार बन्नुपर्छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति बन्धु पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश नं १ का प्रहरी प्रमुख केदार रिजाल, राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल प्रमुख मोहनदेव जोशी, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति विक्रम लुइँटेललगायतले दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -