स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

ट्राफिक जनचेतनामूलक गीति‘विनाबर्दीको प्रहरी’ विमोचित

सेयर गर्नुहोस

काठमाडौँ, ३० कात्तिक :‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम आज यहाँ विमोचन गरिएको छ ।
रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ विमोचन गर्नुभयो । एल्बममा पाँच गीत छन् । एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको सङ्गीत तथा विजय मानन्धरलगायत गायकको स्वर छ ।
नेपाल प्रहरीले आज यहाँ आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले गीतसङ्गीतमा सम्पूर्ण राष्ट्रलाई एकीकृत गर्ने बलियो शक्ति हुने बताउँदै गीतमा जनताको भावना केन्द्रित हुनुपर्छ भन्नुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरी सङ्गठन देश र नागरिकप्रति समर्पित भई इमान्दारीका साथ कार्यरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।(

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -