स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

फूलको व्यापार बढ्यो

सेयर गर्नुहोस

वीरगञ्ज, १९ कात्तिक : भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ ।

कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आकषर््िात हुन थालेका छन् । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फूटकर व्यापारीको सङ्ख्या पाँच सयको हाराहारीमा छ ।

व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । अहिले बजारमा भारतबाट आयत गरिएका रङ्गीचङ्गी प्लास्टिकका फूलले समेत बजार पाएको छ । यस्ता कृत्रिम फूल बेच्ने व्यापारीको सङ्ख्या समेत यहाँ अत्यधिक छ । व्यापारीले भाइटिकालाई लक्ष्य गरी काठमाडाँै, पोखरा, नारायणघाट, भैरहवा लगायतका जिल्लामा मखमली फूल बिक्री गर्ने गरेका छन् ।

व्यापारीले तिहार पर्वलाई लक्ष्य गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ४० लाख बराबरको दुई लाख ७८ हजार किलो फूल आयात गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले फूल आयातबाट रु सात लाख राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ६३ लाख मूल्य बराबरको दुई लाख ३४ हजार किलो फूल आयात गरिएको थियो भने रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको थियो । फूलमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । यसैबीच वीरगञ्ज भन्सार भएर व्यापारीले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भारतबाट रु चार करोड २० लाखको स्याउ र केरासमेत आयात गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -