स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

जानकी मन्दिर सौन्दर्य वृद्धि गरिने : सरकारले रु ५० लाख उपलब्ध गराउने योजना

सेयर गर्नुहोस

जनकपुरधाम, १८ कात्तिक : प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको लगत्तै जानकी मन्दिरलाई रु पौने आठ करोडको लागतमा सौन्दर्य वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

सीताराम विवाह महोत्सवमा अयोध्याबाट जानकीको माइतमा अयोध्याबाट आउने साधुसन्तलाई प्रदेश सरकारले सम्मान गर्ने कार्यक्रम राखेको बताउँदै उहाँले साधुसन्तको सम्मानका लागि सरकारले रु ५० लाख उपलब्ध गराउने योजना छ भन्नुभयो ।

आस्थाको महापर्वमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले छठका लागि जलाशयलाई स्वच्छ र सुन्दर राख्न सरकारले हरेक उपाय पहिल्याउने धारणा राख्नुभयो । नेपाली, मैथिली, हिन्दी र भोजपुरी भाषामा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले भेदभाव, वैमनस्यता, उँच नीचको भावनाको अन्त्यका साथै सबैको मान, सम्मान कायमका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -