स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

सेयर गर्नुहोस

हेटौँडा, १८ कात्तिक :हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ ।

लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार गर्न लागिएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताउनुभयो । “निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउन र उद्योगको क्षमता सुधार गर्न रु एक अर्ब लाग्छ, रकम जुटाउन पहल भइरहेको छ,” उहाँले भन्नुभयो ।

उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि, मूल्य घटाउने तथा प्रविधियुक्त उपकरण जडान गर्न लागेको सिंहले बताउनुभयो । विसं २०४२ मा जडान गरेका उपकरणबाट उत्पादन घट्दै गएको उद्योगका कर्मचारीले बताएका छन् । हाल सो उद्योगले दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको मर्मतपछि दैनिक दुई हजार टनसम्म सिमेन्ट उत्पादन गर्न सकिने छ । सो उद्योग दुई वर्षयता मुनाफामा छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -