स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

आगलागीबाट तीन जना घाइते

सेयर गर्नुहोस

भक्तपुर, १८ कात्तिक : मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -