स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

“भाषा, साहित्य, कला र संस्कृतिको सम्पन्न इतिहास बोकेको कर्णाली प्रदेशले नाम मात्र होइन, काममा पनि पहिलो हुनुपर्छ”

सेयर गर्नुहोस

सुर्खेत, १६ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्धिका लागि एकता आवश्यक भएको बताउनुभएको छ ।

दीपावली, छठ तथा ल्होसार पर्वको अवसरमा कर्णाली प्रदेश सरकारद्वारा आज सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि एकता अपरिहार्य भएको बताउनुभयो ।

“भाषा, साहित्य, कला र संस्कृतिको सम्पन्न इतिहास बोकेको कर्णाली प्रदेशले नाम मात्र होइन, काममा पनि पहिलो हुनुपर्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसका लागि हामी सबै एकाकार हुनुपर्दछ ।”

उहाँले सभ्यता र भाषाको उद्गमस्थल कर्णाली प्रदेशको आवश्यकतालाई परिपूर्ति हुने खालको विकासको मोडलमा जोड दिनुपर्ने उल्लेख गर्दै विकास साझा मुद्दा भएकाले सबैलाई एकमत र एकचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

संविधानले मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेकाले सबै धर्म, भाषा र संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हरेक धर्म, संस्कृतिले मौलिकता र पहिचान बचाउने काम गरेको बताउँदै शुभकामना आदानप्रदानबाट प्रदेश विकास र समृद्धिमा भावनात्मक सम्बन्ध बढ्ने अपेक्षाका साथ शुभसन्देश सम्पे्रषण गरिएको बताउनुभयो ।

कार्यक्रममा सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्री, सभाका सदस्य, सचिव, सुरक्षा निकायका प्रमुखलगायत सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -