स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

सेयर गर्नुहोस

बेइजिङ, १६ कात्तिक : चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाउनुभएको थियो ।
बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो ।
विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा कम्पनीले कपी गरी विश्व कम्प्युटर बजारमा कम्प्युटरका पाटपूर्जाको प्रमुख आपूर्तिकर्ता बनेको दावी गरेको थियो ।
यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीलाई नियमित जानकारीका क्रममा बताउनुभयो ।
अमेरिकाले चीनमाथि पछिल्ला केही दिन यता चीनले अमेरिकी प्रबिधि चोरेर आफ्नो अर्थतन्त्रलाई सबल पारेको बताउँदै आएको छ ।
सेसनले भन्नुभयो, “यी गतिविधि गैरकानूनी हुन् । प्रबिधिको चोरी गरिनु गलत हो । यो अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका लागिसमेत खतरा हो । यो रोकिनुपर्छ ।”
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्राबिधिक जानकारीबारे चीनमाथि लगाइएको चोरी आरोपलाई उद्धृत गरी आफ्ना एसियाली सहकर्मीलाई केही समय पहिले बताएका थिए ।
तर बिहीबार दुई देशका नेताबीच ब्यापार र अन्य बिषयमा टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले वार्ता एकदम सकारात्मक रहेको ट्वीटरमार्फत जानकारी गराउनुभएको थियो ।
चिनियाँ राष्ट्रपति सीले पनि कुराकानीपछि आफु धेरै खुशी बनेको र यस बिषयमा यस महिनाको अन्त्यमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुने जी–ट्वान्टी सम्मेलनमा थप छलफल हुने बताउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -