स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सरकारी सूचना सम्प्रेषणलाई प्रभावकारी बनाइने

सेयर गर्नुहोस

काठमाडौँ, १६ कात्तिक: सरकारी सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाइने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा यहाँ आज आयोजित बैठकमा विभिन्न मन्त्रालयका प्रवक्ताले सरकारी कामकाजका सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले मन्त्रालयहरुबीच समन्वयात्मक ढङ्गबाट काम हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रवक्ताले के काम गरिरहेका छन् र कस्ता कस्ता समस्या भोगिरहेका छन् भन्ने विषयमा पहिलो पटक प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीबीच बैठक बसेर छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सीता निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा विभिन्न मन्त्रालयका प्रवक्ताले राति जतिबेला पनि सूचना माग्ने र तुरुन्तै सूचना चाहिने अवस्थाका कारण समस्या परिरहेको गुनासो गर्नुभएको थियो ।

कतिपय सूचना विभिन्न मन्त्रालयको समन्वयमा बाहिर आउनुपर्ने हुँदा तत्कालै सूचना उपलब्ध गराउन सक्ने अवस्था नरहने प्रवक्ताहरुले बताउनुभएको सूचना अधिकारी निरौलाले जानकारी दिनुभयो । यस्ता समस्यामा समन्वयात्मकरुपमा अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो ।

समस्या आएमा बसेर छलफल गर्न सकिने तर सरकारका कामलाई प्रभावकारी रुपमा सार्वजनिक गर्न सबै प्रवक्ताले प्रभावकारी भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जोड दिएको सूचना अधिकारी निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रवक्ता कार्यविधि २०६१ को बारेमा समेत छलफल भएको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -