स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमि

सेयर गर्नुहोस

खाँदबारी, १६ कात्तिक : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताउनुभएको हो ।
“प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भन्नुभयो, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उहाँले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ भन्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -