स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

सेयर गर्नुहोस

काठमाडौँ, १५ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि शुरु भएको छ ।

प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा भएको प्रदर्शनीमा ४५० भन्दाबढी फूलका जात र ४४ सूचनामूलक, ३ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी कक्षसहित ४८ वटा कक्ष राखिएको छ ।

विशेषगरी प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।

सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले खाद्यबाली उत्पादन नहुने बाँझो स्थानमा फूलको व्यावसायिक खेती गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले पछिल्लो समय पुष्प व्यवसायको बजार अत्यन्तै राम्रो भएको उल्लेख गर्दै किसानलाई फूल खेतीतर्फ आकर्षण गर्नका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

‘रोपेर पूmल गोदावरी, सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा विगतका वर्षभन्दा यो वर्ष फूलको बेर्ना र फूललाई बढी रकम तिर्नुपर्ने फ्यानले जनाएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउने उद्देश्यले जावलाखेलको खेल मैदानमा शुरु भएको प्रदर्शनीमा ३६ हजार नागरिकले अवलोकन गर्ने र रु ४५ लाखको आर्थिक कारोवार हुने जनाइएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी प्रदर्शनीको आयोजना गरिएको हो ।

फ्यानका अध्यक्ष कुमार कसजु (श्रेष्ठ) ले मेलामा प्रयोग गर्न सकिने फूल, सजाउनका लागि गमलामा राखिएको फूल र फूलको दानासमेत अवलोकनकर्तालाई उपलब्ध हुने जानकारी दिनुभयो ।

विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।

नेपालमा करीब ७०० व्यक्तिले पूmल व्यवसाय शुरु गरेका छन् । करीब दुई हजार ९६० रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् । नेपालमा पूmलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसकेको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -