स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कँदै

सेयर गर्नुहोस

विशेष संवाददाता – दीपेन्द्र अधिकारी
कतार, १५ कात्तिक (रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनुभएको हो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।
उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कँदैछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -