स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

इटालीमा आँधीका कारण दशको मृत्यु

सेयर गर्नुहोस

रोम, इटाली, १३ कात्तिक : इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।
आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए ।

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् ।

अधिकारीहरूले दिएको जानकारी अनुसार बर्षापछि मङ्गलबार गएको पहिरोले घर पुर्दा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको छ भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने भेनेटोमा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -