स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी : मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

धनुषा, २५ असोज ; प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी गठन गर्न लागेको बताउनुभएको छ ।

त्रिसाठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश प्रहरी विधेयक चाँडै नै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले प्रहरी प्रणालीलाई पुनःसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यावसायिक प्रहरी सङ्गठनका रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता रहेको उल्लेख गर्दै सङ्घीय प्रहरी ऐनबमोजिम नै प्रहरीमा समायोजन, सहकार्य र समन्वय हुने बताउनुभयो ।

संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेका हुनाले सोहीबमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको बताउँदै उहाँले भन्नुभयो, “प्रहरी सङ्गठनले परिवर्तित परिवेशको भावनाअनुरुप कार्य गर्ने विश्वास लिएको छु ।”

मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अङ्ग छ भन्दै यसले सङ्घीयतालाई आत्मसात् गरेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा ‘महिला हिंसा न्यूनीकरणमा समाज र प्रहरीको दायित्व’ विषयक निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी कार्यक्रममा प्रहरी कार्यमा सहयोग गरेका सहयोगीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -