स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

पाल्पा–पोखरा पर्यटक बस सञ्चालन

सेयर गर्नुहोस

पाल्पा, २५ असोज : पाल्पा–पोखरा पर्यटक बस सेवा आजदेखि सञ्चालनमा आएको छ ।
प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सदरमुकाम तानसेनदेखि पोखरा यात्रा गर्ने अहिले १०÷१२ जना रहे पनि यसको प्रचार र निरन्तरताले यात्रु बढ्ने विश्वास गरिएको छ ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले पाल्पाको पर्यटन विकासका लागि यातायातले जोडिनुपर्ने बताउँदै यसको प्रचारप्रसार हुन सकेमा पर्यटकीय बसले निरन्तरता पाउने बताउनुभयो । पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सञ्जोग ट्राभल्सले उक्त सेवा सञ्चालनमा ल्याएको हो । पोखराबाट बिहान ८ बजे छुट्ने उक्त बसमा प्रतिव्यक्ति रु ६०० भाडादर कायम गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले पर्यटकीय बस सञ्चालन भएपछि सहज यात्रा हुने बताउनुभयो । पर्यटकीय बसमा यात्रा गर्ने यात्रुलाई डा बज्राचार्य, नगरप्रमुख शाही र प्रजिअ खनालले खादा लगाएर सम्मान गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -