स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गण्डकी प्रदेशलाई शान्ति क्षेत्र बनाउनुपर्ने : मुख्यमन्त्री गुरुङ

सेयर गर्नुहोस

पोखरा, १९ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्रोत र साधनसम्पन्न गराउन सके अनुसन्धान र अपराध नियन्त्रणमा नेपालको सुरक्षा संयन्त्र उत्कृष्ट रहेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित शान्ति सुरक्षा र मानवअधिकार विषयको अन्तक्र्रियामा उहाँले सुरक्षा निकायले आफ्नो जनशक्तिलाई आधुनिकीकरण गर्दै आपराधिक गतिविधि नियन्त्रण गर्न लाग्नुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशलाई शान्ति क्षेत्र बनाउन सके वैदेशिक लगानीकर्ता भित्र्याउन सकिने जिकिर गर्नुभयो । प्रदेशको समृद्धिसँग जोडिएका मुस्ताङको कोरला, नवलपुरको त्रिवेणी र मनाङको नारफूमा रहेका नाका खोल्नका लागि केन्द्र सरकारलाई सिफारिश गरिएको बताउँदै उहाँले यी नाका सञ्चालनले पोखरालाई व्यापारिक केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखले शान्ति सुरक्षा र मानवअधिकारसम्बन्धी २० बँुदामा आफ्नो जिल्लाको गतिविधि, सुरक्षा चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -