स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

नेपाल र भारत सम्बन्ध अझ प्रगाढ हुन्छ : मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

महेन्द्रनगर, धनुषा, ३१ भदौ : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएसँगै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गरेको जनकपुर–पटना बस सेवा शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले सेवा सञ्चालनसँगै हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटक ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले जनकपुरधाम–पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउँदै नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्नुभयो ।

उहाँले जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन नै रहेकाले भारतको विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरबाट समेत हवाई सेवा सञ्चालनको पहल भई रहेको जानकारी दिनुभयो ।

उहाँले पोखराबाट हवाई सेवा सञ्चालनका लागि पहिलो चरणको छलफल भई रहेको उल्लेख गर्दै लुम्बिनीलगायतको स्थानबाट समेत हवाई सेवा सञ्चालनको पहल भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिलाई जीवनमा एक पटक जनकपुर आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -