स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उहाँले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भन्नुभयो । प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई आग्रह गर्नुभयो ।
कवि हरिभक्त कटुवालले “जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ” लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस् । मबाट अख्तियारको दुरुपयोग हुँदैन । मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन् । भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ भन्दै यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने छ भन्नुभयो । बैठकले गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षा गर्दै चालू आवको बजेट र कार्यक्रम पारित गर्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -