स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गृहमन्त्रीसँग शिष्टाचार भेट

सेयर गर्नुहोस

काठमाडौँ, ६ भदौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । सो अवसरमा गृहमन्त्री थापाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि जापानले सुरक्षा निकायलगायत अन्य क्षेत्रमा सहयोगप्रति राजदूत साइगोमार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागिसमेत राजदूतसँग आग्रह गर्नुभयो । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

राजदूत साइगोले आफू गत जुन महीनामा मात्रै नेपालको राजदूतका रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी गराउँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।

उहाँले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूतले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -