स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

सडक अवरुद्ध

सेयर गर्नुहोस

रसुवा, १ भदौ : वर्षापछि पासाङ ल्हामु राजमार्गमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो । सडक खुलाउन सयम लाग्ने उहाँले बताउनुभयो । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् ।

सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -