स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नेपाल–भारत साहित्य महोत्सव

सेयर गर्नुहोस

पर्सा, २७ साउन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपाल–भारतबीच प्रचीनकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा बेटीरोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गर्नुभएको छ ।
वीरगञ्जमा आजदेखि शुरु भएको नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले महोत्सवले दुवै देशबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले दुवै देश साहित्यमा समृद्ध भए पनि विश्वस्तरमा आफ्नो पहिचान स्थापित गर्न नसकेका कारण पूर्वेली साहित्यले विश्वमा आफ्नो छाप छोड्न नसकेको हो भन्नुभयो ।

नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैधको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गद्दीले साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने नेपालका वरिष्ठ साहित्यकार एवं अख्यानकार डा धुवचन्द्र गौतम र भारतका वरिष्ठ साहित्यकार डा योगेन्द्रनाथ शर्मालाई दोसल्ला ओढाइ कदरपत्रले सम्मान गर्नुभयो ।

साहित्यकार डा. शर्मा

कार्यक्रममा लोकसाहित्य विधामा साहित्यकार जसराज किराती, गैरआख्यान विधामा रमेश गोर्खाली र गीत गजल विधाको विकासमा महत्वपूर्ण योग्दान दिने श्रेष्ठ प्रिया पथरलाई पनि सम्मानित गरिएको थियो ।

नेपाल–भारत सहयोग मञ्च, ग्रिनसिट केयर भारत र हिमालिनी मासिक पत्रिकाको संयुक्त आयोजनामा भोलि सोमबारसम्म चल्ने साहित्य महोत्सवमा नेपाल तथा भारतका २५० जना स्रष्टाको सहभागिता रहेको छ् । वीरगञ्जको आदर्शनगरस्थित जैन धर्मशालामा भएको महोत्सवमा नेपाल र भारतका साहित्यप्रेमीबीच साहित्यका विविध विधाबारेमा बृहत् विमर्श हुने र यसले दुवै देशको साहित्यलाई विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -