स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

“अमुल्य धन” को दोस्रो गीतको पनि रेकर्डिङ सकियो, आउँदो क्रिसमसमा एल्बम रिलिजको तयारी

सेयर गर्नुहोस

द टाइम्स अफ नेपाल डटकम :
केहि दिन अगाडी मात्र पहिलो गीतको रेकर्डिङ सकिएको “अमुल्य धन” नामक ख्रीष्ट्रीय एल्बमको दोस्रो गीतको रेकर्डिङ कार्य पनि सकिएको छ | यस दोस्रो गीतको बोल भने “आफै संग हारे” रहेको छ | यस गीतमा रमेश देवकोटाको शब्द, सुवास थारुको संगीत र पावल तामाङको स्वर समावेश रहेको छ | यस गीतमा आबद्ध ३ जना नै P.J.P STEPS का सदस्य हुन् | P.J.P STEPS को सहकार्य मेलका नेपाली संगतिको प्रस्तुति “अमुल्य धन” नामक ख्रीष्ट्रीय एल्बम तयार हुदैछ |

यस एल्बममा सबै मिलाएर ७ वटा गीतहरु समावेश रहेको छ | त्यस मध्य अहिले सम्म २ वटा गीतको रेकर्डिङ कार्य सकिएको छ | अरु गीतहरुको पनि अब छिट्टै नै रेकर्डिङ कार्य सुरु हुने P.J.P STEPS ग्रुपका प्रमुख तथा गीतकार रमेश देवकोटाले जानकारी दिएका छन् | P.J.P STEPS ग्रुपले आउँदो क्रिसमसमा एल्बम रिलिज गर्ने हिसाबले नै अहिले काममा जुटिरहेको छ | सुरूवात एक धर्म संग सम्बन्धित रहेर गरेता पनि आगामी दिन अरु धारको गीत संगीत पनि बजारमा लिएर आउने यस ग्रुपका प्रमुख तथा गीतकार रमेश देवकोटाले बताएका छन् |

अरु भन्दा केहि फरक गर्ने हिसाबले नै आफुहरु लागिपरेको उनको भनाई रहेको छ | ५ जना प्रतिभावान युवाहरुको यो प्रयास के कति सफल हुने हो त्यो भने समयले नै बताउने छ तर अवश्य पनि नेपाली सांगीतिक क्षेत्रमा यो नौलो प्रयास नै हुन सक्छ | विदेशमा बसेर यसरी एकजुट भएर युवापुस्ताले गरेको कामले केहि नया किसिमको संदेश दिने पनि निश्चित नै रहेको छ | तर यसको निर्णय भने दर्शक श्रोताले नै गर्नेछन् |

सेयर गर्नुहोस

योगदानकर्ता

+Ashish Rana

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -