स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

रिलिज हुन साथ हिट हुँदै “नसोचेकै घटना घट्यो”, गीतकार राजेश अर्यालले दिए दर्शक श्रोतालाई धन्यवाद

सेयर गर्नुहोस

द टाइम्स अफ नेपाल डटकम :
नेपाली कुनै गीत रिलिज होस र रिलिज हुन साथ अत्याधिक चर्चा र माया प्राप्त गरोस यस्ता निकै उदहारणहरु रहेका छन् | त्यहि उदहारणहरु मध्य एक हो गीतकार राजेश अर्यालको “नसोचेकै घटना घट्यो” बोलको बिल्कुलै नया गीत | यो गीतको अडियो केहि समय अगाडी रिलिज गरिएको थियो | अडियोले राम्रै सफलता प्राप्त गरेको थियो | त्यसको केहि समयको अन्तराल पछि अहिले यसको म्युजिक भिडियो रिलिज गरिएको हो | गीत रिलिज भए संगै साच्चै नै गीतले भने जस्तै यसको म्युजिक भिडियो नसोचेकै सफलता हासिल गर्यो |

गीत रिलिज भएको ३ दिन मात्र कटेको छ र अहिले सम्म डेढ लाख भन्दा बढी दर्शकहरुले यस गीतको म्युजिक भिडियोलाई युटुबमा हेरिसकेका छन् | हेर्ने दर्शकहरुको संख्या अझ बढिरहेको छ करिब २ लाख भिवर्सको नजिक यस गीतको म्युजिक भिडियो पुगिसकेको छ | प्रतिक्रियाको त एक हिसाबले भनौ भने वर्षा नै भएको छ | गीत निकै नै मर्मशील बनेको धेरैले जनाएका छन् | गीतको शब्द र संगीत अत्ति नै उत्कृष्ट रहेको धेरैको भनाई रहेको छ | यी यस्ता प्रतिक्रिया गीत निर्माण पक्षको लागि अवश्य नै पनि ठुलो उपलब्धि हो |

सम्भवत यसै कारण नै होला गीतकार राजेश अर्यालले सम्पूर्ण दर्शक श्रोताहरु प्रति हृदय देखि नै आभार प्रकट गरेका छन् | उनको पहिलो एल्बम “स्मृति” मा समावेश गरिएको गीत हो यो | उनि भित्रको क्षेमता कति छ भनेर यस गीतले प्रष्ट पारेको छ | उनको यस गीतमा उनको शब्दमा टंक बुढाथोकीले संगीत र स्वर भरेका छन् भने उनलाई स्वरमा मेलिना राईले पनि साथ दिएकी छिन् | यो गीत सफल हुनुले गीतकार राजेश अर्यालको चर्चालाई थप माथि उचालेको छ | हुन त उनि आफ्नो पुरानो गीतले पनि चर्चामा आइरहेकै थिए तर यो गीतले उनलाई थप परिचित बनाउन मदत गरेको छ |

यस गीतको म्युजिक भिडियोमा अमृत चापागाईंको छायांकन र सम्पादनको साथमा निश्चल केसीको निर्देशन रहेको छ | यस्तै यस गीतको रिलिज म्युजिक भिडियोमा शिशिर श्रेष्ठ, सबिना कार्की र सुशान्त बिष्टको अभिनय रहेको छ | गीतको भावलाई भिडियोमा हुबहु देखाउनको लागि कलाकार र निर्देशन पक्षको ठुलो कोशिश रहेको भिडियोले बताउछ | गीतको भावलाई भिडियोमा उतार्न सकेकोले नै एक हिसाबले नै यति बेला भिडियो र गीतले सफलता पाएको अनुमान लगाउन सकिन्छ |

अहिले गीतकार राजेश अर्याल आफ्नो नया गीतको तयारीमा ब्यस्त रहेका छन् | अबको नया गीत पनि दर्शक श्रोताको रोजाईलाई ध्यान दिएर नै तयार गरेको उनले बताएका छन् | उनि लामो समय देखि अमेरिकामा बस्दै आईरहेका छन् | उनले त्यहि देखि नै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् | विदेशमा बसेर नेपाली सांगीतिक क्षेत्र प्रतिको यतिको लगाव हुनु र यसरी एकबद्ध भएर लागिपर्नु सानो कुरा भने होइन | उनको यो योगदानलाई नेपाली सांगीतिक क्षेत्रले सहि ठाउँ दिनु जरुरी रहेको देखिन्छ |

हेर्नुस भिडियो :

सेयर गर्नुहोस

योगदानकर्ता

+Ashish Rana

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -