स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नया गीतको तयारीमा ब्यस्त गीतकार कुमार मिश्र, एक पछि अर्को गीतको यसरी हुदैछ रेकर्डिङ

सेयर गर्नुहोस

द टाइम्स अफ नेपाल डटकम :
राम्रा राम्रा गीतको सिर्जना गर्दै आफुलाई एक कुशल गीतकारको रुपमा नेपाली गीत संगीत प्रेमी दर्शक श्रोता माझ परिचित बनाईसकेका गीतकार कुमार मिश्र पहिलेको तुलनामा पछिल्लो समय निकै सक्रिय भएर लागिपरेका छन् | उनको एक पछि अर्को गीत संगीतमा बजारमा आईरहेको त धेरैलाई अवगत नै रहेको छ | उनले आफ्नो गीत संगै अरुको लागि आफ्नो आफुले शब्द रचना तयार गरिदिने गरेका छन् |

यसै बीच केहि समय अगाडी मात्र उनको शब्दमा तयार भएको एउटा गीत रेकर्ड भएको छ जसमा कर्मा ग्याल्चन बोम्जनको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ | यो गीतमा दिपेन गुरुङको स्वर समावेश रहेको छ | गीतकार कुमार मिश्र आफै पनि आफ्नो थुप्रै शब्दहरु बाहिर आउने तयारीमा रहेको बताउछन् | अहिले उनि त्यसकै तयारीमा ब्यस्त रहेका छन् | उनको राम्रा राम्रा मार्मिक गीतहरु बजारमा आइसकेको छ जसलाई दर्शक श्रोताले धेरै माया पनि दिनुभएको छ |

उनले आफ्नो हृदय देखि नै दर्शक श्रोता प्रति आभार प्रकट गरेका छन् | दर्शक श्रोताको माया र साथ आफ्नो लागि निकै अतुलनीय रहेको उनले बताएका छन् | अबको दिन आफुले अझै राम्रो गीत संगीत दर्शकस श्रोतालाई दिने प्रयास गर्ने उनले बताएका छन् | उनि जस्तो व्यक्तिले विदेशमा बसेर पनि नेपाली गीत संगीतको बारेमा यति सोचेर लागिपर्नु अवश्य पनि नेपाली सांगीतिक क्षेत्रको लागि एक ठुलो उपलब्धि हो |

हेर्नुस उनका पछिल्ला गीतको भिडियो :

सेयर गर्नुहोस

योगदानकर्ता

+Ashish Rana

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -