स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

गायक संजय तामाङको दोस्रो गीत स्वरूप “फक्रेको फुल झैँ जवानी” सार्वजनिक

सेयर गर्नुहोस

द टाइम्स अफ नेपाल :
केहि समय अगाडी मनमा बास मागी बोलको पहिलो आधुनिक गीत रिलिज गरेर नेपाली गीत संगीत क्षेत्रमा पाईला राखेका गायक संजय तामाङको यति बेला दोस्रो गीत रिलिज भएको छ | उनले आफ्नो दोस्रो प्रस्तुति स्वरूप “फक्रेको फुल झैँ जवानी” बोलको तामाङ सेलो गीत रिलिज गरेका हुन् | तर उनले आफ्नो दोस्रो गीतको अडियो मात्र रिलिज गरेका छन् | म्युजिक भिडियो रिलिज हुन केहि समय लाग्ने उनले बताएका छन् |

उनको यस दोस्रो गीतमा करण वाईबाको शब्द, युनिक दोङको संगीत र जोग लाल लामाको अरेन्ज रहेको छ | गीतलाई गायक संजय तामाङले आफ्नो सुमधुर स्वरमा सजाएका छन् | निकै सुमधुर र रमाइलो तरिकाको यो गीत निर्माण भएको छ | गीत डान्स नम्बरको जनरा संग पनि केहि हदले मेल खाएको छ | पहिलो गीतबाट राम्रै प्रतिक्रिया बटुलेका उनले आफ्नो यस दोस्रो गीतबाट भने धेरै नै अपेक्षा राखेको बताएका छन् | गीतको म्युजिक भिडियोको बिषयमा जानकारी दिदै उनले अहिले त्यसको अहिले तयारी भईरहेको जानकारी दिएका छन् | हाल उनि मलेसियामा रहेका छन् |

तर म्युजिक भिडियो भने नेपालमा नै निर्माण हुने उनले बताएका छन् | उनको पहिलो गीतको म्युजिक भिडियोको भने सम्पूर्ण छायांकन मलेसियामा भएको थियो | तर आफ्नो दोस्रो म्युजिक भिडियोको छायांकन र सबै काम नेपालमा नै हुने उनले बताएका छन् | म्युजिक भिडियोमा कुन टिमको सहकार्य हुने र कस कसको अभिनय रहने भन्ने बिषयमा भने उनले अहिले नै कुनै आधिकारिक जानकारी दिएका छैनन् | अब छिट्टै नै यस बिषयमा खुलासा हुने उनले बताए | उनले केहि समय अगाडी मात्र नेपाली गीत संगीत क्षेत्रमा पाईला राखेका हुन् |

पहिलो सुरुवात ठिकै भईरहँदा उनले आफ्नो दोस्रो प्रस्तुतिको लागि भने निकै नै मेहेनत गरेका छन् | आफ्नो दोस्रो गीत तामाङ सेलोमा रहेको छ | गीत निकै सुमधुर रहेको छ भने एक हिसाबले डान्स नम्बर जस्तो पनि तयार भएको छ | अहिले युटुबमा गीतको अडियोले राम्रो प्रतिक्रिया पाईरहेको छ | गीतको अडियो सुनिसके पछि धेरैले भने गीतको म्युजिक भिडियो कहिले आउछ भनेर प्रश्न गरेको देखिन्छ | धेरैलाई म्युजिक भिडियो कस्तो निर्माण हुने हो भनेर उत्सुकता रहेको छ | यस हिसाबले आफुले सक्दो राम्रो बनाउने प्रयास गर्ने र म्युजिक भिडियोमा कुनै कमि समेत नगर्ने गायक संजय तामाङले बताएका छन् |

यस्तै उनले आफ्नो पहिलो गीतलाई माया गरिदिनुभएको भन्दै सबै दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरेका छन् | यस्तै उनले आफ्नो दोस्रो प्रस्तुतिलाई पनि माया अनि साथ दिनुहुनको लागि पनि उनले अनुरोध गरेका छन् | पहिलो गीत भन्दा उनको दोस्रो गीतमा उनको स्वरमा पनि निखारता आएको देखिएको छ | अबको आगामी प्रस्तुति अझ राम्रो राम्रो लिएर आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

हेर्नुस अडियो :

सेयर गर्नुहोस

योगदानकर्ता

+Ashish Rana

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -