स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

रेष्टुराँ आगलागीमा रु ६० लाखको क्षति

सेयर गर्नुहोस

विराटनगर, ३ साउन : विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ ।

विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

स्थानीय नवीन घिमिरेको घर बहालमा लिई योग्य श्रेष्ठद्वारा सञ्चालित पञ्चाली गीतगजल रेष्टुराँमा लागेको आगोलाई दमकल, स्थानीय प्रहरी र सर्वसाधारण जनताको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -