स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

फ्रान्स र क्रोएसिया भिड्दै : को बन्ला विश्वकप विजेता ?

सेयर गर्नुहोस

काठमाडौँ, ३१ असार : रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फायनलमा पहिलोपटक पुगेको हो ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -