स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

बेलायतमा गीत लेखन गोष्ठी

सेयर गर्नुहोस

काठमाडौँ, २६ असार: भानुजयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले आइतबार गीत लेखन गोष्ठी सम्पन्न गरेको छ ।
साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिनुभएको थियो । भानुजयन्तीका अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन तथा साहित्य महासङ्घ स्थापनाको आठौँ वार्षिकोत्सव मनाइँदैछ ।
आदिकवि भानुभक्तका बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोल्नुभयो । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको जानकारी दिनुभयो ।
साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले सम्मेलन सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -