स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

सरकार विकासको नीतिका साथ अगाडि बढ्दै : महासचिव पौडेल

सेयर गर्नुहोस

भक्तपुर, १५ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताउनुभएको छ ।

धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताउनुभयो ।

महासचिव पौडेलले भन्नुभयो– “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर बस्दैन, विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।”

सरकारले देशमा कृषि उत्पादनमा अत्यधिक वृद्धि गरेर लैजाने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम अघि सारेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष किरण थापाले आफ्नो वडामा शुरु भएको रोपाइँ कार्यक्रममा युवा संघ र वाइसिएलले तीन दिनसम्म श्रमदान गरेर धान रोपाइँ गर्ने जानकारी दिनुभयो । खेतको आलीमा बाजा बजाएर, असारे भाका हाल्दै भएको रोपाइँले कृषकलाई उत्साह थपेको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -