स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

गृहमन्त्रीबाट धान रोपाइँ

सेयर गर्नुहोस

काठमाडौँ, १५ असार : गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गर्नुभएको छ ।

युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोप्नुभयो । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी भएको स्मरण गर्नुभयो ।
विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य रहेको तथा कृषिमा मुलुक आत्मनिर्भर हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई नपुगेर बाहिरबाट खाद्यान्न मगाएर खाने गरेका छौँ । अब खाद्यान्नमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने गरी विकास गनुपर्छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -