स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश ७ : सूचना टाँस गरी बैठक स्थगित

सेयर गर्नुहोस

धनगढी, १२ असार : प्रदेश ७ को प्रदेशसभाको आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

आगामी आवको बजेटका सम्बन्धमा प्रतिपक्षी दलका सदस्यको असन्तुष्टिका बारेमा प्रदेश सरकारले छलफल गरिरहेकाले आजको बैठक स्थगन गरिएको जनाइएको छ । प्रतिपक्षी दलका सदस्यले प्रदेश सरकारले आव २०७५÷७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभाको सोमबारको बैठक पनि छलफलमा प्रवेश नै नगरी स्थगन गरिएको थियो ।

प्रदेश सभाको अर्को बैठक बुधबार अपराह्न ४ बजे बस्ने कार्यक्रम छ ।

यसैबीच प्रमुख विपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बजेटमा देखिएका असन्तुष्टि हटाउनेबारे सरकारसँग आज गरिएको छलफलपछि प्रतिपक्षका आवाजलाई सम्बोधन गरिने विश्वास आफूहरुलाई लागेको बताउनुभयो ।रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -