स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

सेयर गर्नुहोस

पोखरा, ३ असार: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ ।

पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताउनुभयो ।

राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै उहाँले सरकारले कर्मचारीको सेवा सुविधाको उचित व्यवस्था गर्ने योजना रहेको बताउनुभयो । स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको जानकारी दिँदै मन्त्री पण्डितले अन्य स्थानमा पनि निकट भविष्यमा व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

प्रदेश लोकसेवा आयोगमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको छ भन्दै उहाँले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभयो ।

निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गरिने र सरकारले नगरपालिका र महानगरपालिकाका कर्मचारीलाई पनि जुनसुकै ठाउँमा खटाउन सक्ने उहाँको भनाइ थियो ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -