स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री भट्ट संसदीय दलको नेतामा निर्वाचित

सेयर गर्नुहोस

धनगढी, २२ जेठ: प्रदेश नं. ७ को प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन हुनुभएको छ ।

सो पार्टीको प्रदेशसभाका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा आज यहाँ बसेको संसदीय दलको बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारालामा तामाङ र सचेतकमा अक्कलबहादुर रावललाई निर्वाचित गरेको नव निर्वाचित प्रमुख सचेतक तामाङले बताउनुभयो ।

संसदीय दलको नेतामा निर्वाचित मुख्यमन्त्री भट्ट र सचेतकमा निर्वाचित रावल तत्कालीन नेकपा (माओवादी केन्द्र)मा आबद्ध हुनुहुन्थ्यो । यस्तै उप नेतामा निर्वाचित शाह र प्रमुख सचेतकमा निर्वाचित तामाङ तत्कालीन नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -