स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश ७ को मन्त्रिपरिषद् बैठकद्वारा दुई विधेयक स्वीकृति

सेयर गर्नुहोस

कैलाली, १८ जेठ : प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई वटा विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकले प्रदेशीय वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५ लाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो ।

यसैगरी, कृषि अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ ।

मन्त्री शाहले प्रदेश सरकारले आगामी असार १ गते प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने बजेटका सन्दर्भमा अर्थमन्त्रीले सरोकारवालाहरुसँग रायसुझाव संकलन गरिरहनुभएको बताउनुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ २५ गते पेश गर्ने तयारी गरिएको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -