स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सात नं प्रदेशलाई उज्यालो प्रदेश बनाउने प्रतिबद्धता

सेयर गर्नुहोस

धनगढी, १६ जेठ  : प्रदेश नं ७ मा नवीकरणीय ऊर्जालाई संस्थागत गर्ने र प्रदेशीय सरकार र सरोकारवालाकोे क्षमता अभिवृद्घि गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको आज यहाँ शुभारम्भ गरिएको छ ।

नेपालको साना नवीकरणीय ऊर्जा क्षेत्रमा कार्य गर्नका लागि नेपाल सरकार र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको साझेदारीमा सञ्चालन भएको यस कार्यक्रमको आज यहाँ एक समारोहबीच प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आयोजनमा भएको सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले ऊर्जा, पर्यटन, कृषि र जडीबुटीलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै यसका लागि ऊर्जाको विकास पहिलो आवश्यकता भएकाले यसतर्फ सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले जलस्रोत र नवीकरणीय ऊर्जाको हिसाबले ७ नं प्रदेश धनी रहेको भए पनि यहाँका शहरी क्षेत्रमा बसोबास गर्ने कतिपय विपन्न समुदायका मानिस राष्ट्रिय प्रसारण उपयोग गर्न नसक्ने र ग्रामीण भेगमा जनतासम्म ऊर्जाको पहुँच पुग्न नसकेकाले नवीकरणीय ऊर्जाले ती जनतालाई ऊर्जाको सुविधा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिँह बोहराले निर्वाचनका बेला जनतासँग ऊर्जा पहुँच पु¥याउन गरेका प्रतिबद्धता पूरा गर्न ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि जर्मनका राजदूत रोलान्ड शेयरले नेपाल सरकारले आर्थिक समृद्धिका लागि ऊर्जाको विकासमा प्राथमिकता दिएकाले यसमा जर्मन सरकार संघीय र प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न चाहेको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सात वटा प्रदेशमा अझै आधा जनसंख्या ऊर्जाको पहुँचबाट टाढा रहेकाले आगामी तीन वर्षभित्र आधारभूत ऊर्जाको पहँुच पु¥याउने गरी कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको संघीय प्रणालीमा स्थानीय सहयोग अभिवृद्घि गर्न नवीकरणीय ऊर्जाको कुशल र प्रभावकारी सेवा वितरण सुनिश्चित गर्नु कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमको प्रमुख उद्देश्य संघीय, प्रदेश र स्थानीय तहका सरकारका लागि सहभागितामूलक, मागमा आधारित नवीकरणीय ऊर्जाको प्रवद्र्घनमा आवश्यक ढाँचा र संयन्त्रमा सुधार गर्ने रहेको छ ।

यस कार्यक्रम सञ्चालनका लागि प्रदेश नं १ र ७ मा प्रदेशस्तरीय कार्यक्रम कार्यान्वयन इकाई स्थापना भएको छ । यस इकाईमार्फत यी दुई प्रदेश सरकारको संरचनामा नवीकरणीय ऊर्जालाई संस्थागत गर्ने र प्रदेशीय सरकार र सरोकारवालाकोे क्षमता अभिवृद्घि गरिनेछ ।

मुख्यमन्त्री भट्ट र जर्मन राजदूतबीच भेट

यसैगरी प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेयरबीच आज यहाँ शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा उहाँहरुबीच जर्मन सरकारद्वारा नेपाल सरकारलाई पु¥याइएको सहयोग र आपसीहितका विषयमा छलफल भएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकार र जर्मन सरकारबीच भएको सम्झौताअनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जर्मनीको संस्था जिआइजेटले संयुक्तरुपमा सञ्चालन गर्न लागेको ग्रामीण क्षेत्रका लागि नवकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुन राजदूत शेयर आज धनगढी पुग्नुभएको हो ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -