स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

सेयर गर्नुहोस

काठमाडौँ, ४ जेठ : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।

आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् ।

आरोहणको पाँचाँै दिन बिहीबार २५ जनाले आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण शुरु भएको थियो । आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अबको तीन÷चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ । अहिले बाक्लो संख्याका आरोही सगरमाथाको चुचुरो पुगेर धमाधम ओर्लने क्रममा छन् । चुचुरो चढ्ने र ओर्लने धेरै आरोही शिविर तीन र चारमा रहेको सम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।

सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौथो शिविरमा धेरै आरोही अनुकूल मौसमको प्रतिक्षामा रहेका छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -