स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

दार्चुला, २६ वैशाख :प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर नाका भएको बताउनुभयो । उहाँले सो नाका सञ्चालनका लागि तत्काल संघीय सरकारसँग पहल गर्ने बताउनुभयो ।

भारत र चीनसँग जोडिएको उक्त नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने बताउनुभयो । उहाँले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि कानून निर्माण गरेको बताउनुभयो । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उहाँले ती समस्यालाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताउनुभयो ।

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उहाँको भनाइ थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -