स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

एक्स्पोमा चार करोडको कारोबार

सेयर गर्नुहोस

काठमाडौँ, २३ वैशाख : उपभोक्तालाई नेपाली जडीबुटी र गुणस्तरको पहिचान र स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सातौँ नेपाल हब्र्स आयुर्वेद एक्स्पोमा रु चार करोड बराबरको कारोबार भएको छ ।

नेपाल हर्बल उत्पादक संघको आयोजनामा भृकुटीमण्डपमा गत २१ गतेबाट शुरु भएकोे एक्स्पोको अन्तिम दिन आजसम्ममा १७ हजार नागरिकले अवलोकन गरेको आयोजकले जनाएको छ । एक्स्पोमा ७५ बिक्री कक्ष रहेको छ ।

जडीबुटी, कस्मेटिक उत्पादन, कृषिजन्य उत्पादन, औषधिजन्य वस्तु, आयुर्वेदिक औषधि, स्वास्थ्य उपचार सेवा, बीउबिरुवा नर्सरी, जडीबुटीको जानकारीका लागि बृहत् फोटो प्रदर्शनी, नर्सरी बिरुवा र औजार प्रदर्शनीमा राखिएको छ ।

नेपाल हर्बल उत्पादक संघका अध्यक्ष तथा एक्स्पोका संयोजक गोविन्दप्रसाद घिमिरेले जैविक विविधताले भरिपूर्ण मुलुकमा विभिन्न स्रोत, साधन, खनिज पदार्थ, जडीबुटीलगायतको प्रचुर सम्भावना भएकाले त्यसको जानकारी गराउन एक्स्पो आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष घिमिरेले मुलुकमा रोजगार सिर्जना गर्न स्वदेशी उत्पादनलाई वृद्धि गरी देशमा पाइने अमूल्य जटीबुटीको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -