स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

कार्ल मार्क्सको जिवनीबारेको चलचित्र चीनमा प्रदर्शन

सेयर गर्नुहोस

बेइजिङ, २२ वैशाख : कार्ल मार्क्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ ।
उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ ।
कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ ।
उक्त चलचित्रमा माक्र्स र एंगेल्सको बाल्यकाल, उहाँहरुले एक आपसमा मिलेर कसरी काम गर्नुभयो भन्ने बारेमा जानकारी समेटिएको छ ।
उहाँहरु पहिलो पटक सन् १८४४ मा पेरिसमा भेटेपछि श्रमिक आन्दोलन र कम्युनिष्ट पार्टीको घोषणापत्र निर्माणका काममा उहाँहरुले के कसरी मिलेर काम गर्नुभएको थियो भन्ने विषयमा त्यस चलचित्रमा समेटिएको छ ।
माक्र्सको व्यक्तिगत जीवन, उहाँको पारिवारिक सम्बन्ध, श्रीमती जेनीसँगको सम्बन्ध र कम्युनिष्ट घोषणापत्र निर्माणका क्रममा सरकारसँगको संघर्ष तथा भोग्नुपरेको अवस्थाका बारेमा उक्त चलचित्रमा समेटिएको छ ।
अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल माक्र्सका सहयोगीहरुले निर्माण गरेको यस चलचित्र हाइटियन चलचित्र निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका थियो ।
उक्त चलचित्रमा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल माक्र्सको भूमिका खेल्नुभएको छ भने अरु कलाकारहरु पनि जर्मनीकै रहेका छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -