स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशसभा ७ः हिउँदे अधिवेशन अन्त्य

सेयर गर्नुहोस

धनगढी, २० वैशाख  प्रदेश नं ७ को प्रदेशसभाको हिउँदे अधिवेशनको आज अन्त्य गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट हिउँदे अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
यस अवधिमा बसेका प्रदेशसभाका बैठकले प्रदेश नं ७ को प्रदेशसभा नियमावली २०७४ पारित गर्नाका साथै प्रदेशसभा नियमावलीबमोजिम प्रदेश सभामा रहने विषयगत समितिको गठन गरेको छ ।

यसैगरी प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट तथा विनियोजन विधेयक २०७५ र प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव समेत पारित भएको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -