स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा

सेयर गर्नुहोस

भक्तपुर, ८ वैशाख सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।

राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताउनुभयो ।“थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्”, उहाँले भन्नुभयो, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छाँै ।” उहाँले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् । सचिव सापकोटाले युवालाई मुलुकमा परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने बताउनुभयो ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय स्थापना गर्न सञ्चारकर्मीले अहं भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै दुई वर्षमा मुलुकका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गर्नुभयो । उहाँले ४६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताउनुभयो ।

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले गरीब एवं विपन्न युवालाई लक्ष्य गरेर स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा देशभरिका ३० पत्रकारको सहभागिता थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -