स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

नेपाल–कोरिया व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड

सेयर गर्नुहोस

काठमाडौँ, २० चैत : नेपाल र दक्षिण कोरिया दुई देशबीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि बढ्नुपर्ने बताएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक विकासका लागि मिलेर काम गर्न आग्रह गर्नुभयो । नेपाली सामान विदेशमा न्यून मात्रै निर्यात हुने तर आयात अत्यधिक हुँदा व्यापार घाटा बढिरहेको भन्दै दुई देशबीच आपसी सहकार्य गरी अगाडि बढ्न आह्वान गर्नुभयो ।

दक्षिण एसियाका क्षेत्रीय निर्देशक हानसोले दुवै देशको हितका लागि मिलेर जान आफूहरु तत्पर रहेको बताउनुभयो । व्यापार लगानी प्रवद्धर्नका लागि नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियाबीचको निरन्तर सहकार्य हुँदै आएकामा खुशी व्यक्त गर्नुभएको थियो (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -