स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मलेसिया पुग्नुभएका वमप्रसाद दुई हप्तामै रित्तो हात घर फर्किए

सेयर गर्नुहोस

खोटाङ, ८ चैत : धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ ।

मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।

रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुग्नुभएका उहाँ फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता हुनुभएको थियो । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा जानुभएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताउनुभयो ।

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बन्नुभएका उहाँलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्कविहीन बन्नुभएको उहाँको खोजी तीव्र पारेका थिए ।

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उहाँलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उहाँलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काउनुभएको हो ।
राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -