स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

पर्यटक उद्योगको विकास गरी रोजगार प्रवद्र्धन गर्नुपर्ने : राष्ट्रपति भण्डारी

सेयर गर्नुहोस

रत्ननगर, चितवन, ८ फागुन :राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिनुभएको छ ।

आज चितवनको रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्नुहुँदै उहाँले यस क्षेत्रमा पर्यटक उद्योगको सम्भावना रहेकाले सरकारले यसतर्फ ध्यान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कला, संस्कृति, ऐतिहासिक सम्पदा, भौगोलिक र जैविक विविधता नेपालको अमूल्य निधि भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले चितवन निकुञ्ज र यहाँको बाघ, गैँडा, गोहीलगायत जनावर र चराचुरुङ्गीले पर्यटक विकास र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको महत्वपूर्ण पर्यटन गन्तव्यका रुपमा विकसित भइरहेको चितवनमा खेलाइने हात्तीपोलोले विश्वका खेलप्रेमी र पर्यटकलाई आकर्षित गरेकाले यसको प्रवद्र्धनको खाँचो रहेको छ ।”

विविधताका बीच सुदृढ एकता र साँस्कृतिक समन्वयको उत्कृष्ट उदाहरण नेपाली समाज भएको समेत उहाँले बताउनुभयो । कला, संस्कृतिको संरक्षण जुनसुकै आस्था र विश्वासका सम्प्रदायको परम कर्तव्य हुने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

आज उद्घाटित मन्दिरले मौलिक कलालाई प्रतिबिम्बित गरेको र सदाचार भाइचारा वृद्धिका लागि धर्मधामले सहयोग पु¥याउने राष्ट्रपति भण्डारीको विश्वास छ । “मन्दिरले पर्यटक विकासको सम्भावनालाई बढाएको छ” उहाँले भन्नुभयो । रु पाँच करोड लागतमा निर्मित मन्दिर आकर्षक कलाशैलीमा निर्माण भएकाले हेर्ने आन्तरिक पर्यटकको अहिले भीड छ ।

थारू जातिको सांस्कृतिक पहिचान विश्वसामु परिचित भएको उहाँको भनाइ थियो । थारू सांस्कृतिक सङ्ग्रहालयको थप सुदृढ गर्नुपर्ने भन्दै उहाँले चितवन औद्योगिक नगरीका रुपमा विकास भएकामा खुशी व्यक्त गर्नुभयो ।

नारायणगढ–मुग्लिन हुँदै काठमाडौ सडकमा दुर्घटनाबाट ठूलो जनधनको क्षति भइरहेमा उहाँले चिन्ता प्रकट गर्नुभयो । सडक स्तरोन्नति गरी यातायातको सहज प्रबन्ध मिलाउन उहाँले सरोकार पक्षलाई आग्रह गर्नुभयो ।

उर्वरभूमि रहेको चितवनमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने, कृषि भूमिको संरक्षण गर्नुपर्ने, कुखुरा, डेरी उद्योगको विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रपतिलाई पहिलो पटक यस प्रदेशमा स्वागत गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले विविधता बीचको एकता रहेको नेपालमा संविधानको भावनाअनुसार धार्मिक सद्भाव, सहिष्णुता अभिवृद्धि र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा प्रदेश सरकारको सधैँ साथ र सहयोग रहेने विश्वास दिलाउनुभयो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीति र धर्मले मानवीय सेवा नै गर्ने भएकाले जुनसुकैतर्फ बाट गरिए पनि जनताको उन्नति र प्रगति मुख्य लक्ष्य हुने औँल्याउनुभयो । सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको समेत सहभागिता थियो ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -