स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

शिवपुरी सम्म केवुलकार निर्माण गर्छौ : रिन्जी शेर्पा

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.
सेयर गर्नुहोस

काठमाडौं , ४ मंसिर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा को निर्वाचनमा देशैभरका चर्चित क्षेत्र मध्ये काठमाडौं ४ बाट प्रदेशसभा सदस्य पदका नयाँ शक्तिका उम्मेदवार कामी रिन्जी शेर्पाले आफु विजयी भए रातो पुल देखी धोविखोलाको माथि हुँदै शिवपुरी थुम्को डाडा सम्म केवुलकार निर्माण गर्नेदिर्घकालिन योजना भएको बताएका छन ।

द टाइम्स अफ नेपाल संग कुरा गर्दै, कामी रिन्जी शेर्पाले म विगत १५ वर्ष देखी सामाजिक कार्यमा सक्रिय हुदै आएको हु । म अन्तराष्ट्रिय संस्था रोटरी क्लब तथा सामाजिक संघ संस्थाहरुमा पनि आवद्ध छु । मैले युवा स्वरोजगार अवधारणा अनुरुप दुर्गम गाऊहरुमा कृषी र वागबानी सम्बन्धी कार्य योजनाहररु गरीरहेएको छु । नयॉ शक्ति पार्टी, नेपाल को संस्थापक सदस्य भएको नाताले सकारात्मक सोच बोकी राजनितीमा अधिबढेको छु ।

नयॉ नेपाल , समृद्ध , सभ्य र सुशासित, भ्रष्टाचार मुक्त, खुशी र सुखी नेपाल यसैले आम मतदाताहरुलाई र विशेषत नयॉ सोच र जोश जॉगरले ओतप्रोत युवा मतदाताहरुलाई प्रतिवद्धतापत्रको तुलनात्माक अध्ययन गर्न र नयॉ शक्ति संग भएको नयॉ सोच पारख गर्न समेत हार्दिक अनुरोध गर्दछु ।

दूरदृष्टि प्रष्ट विचार र पारदर्शिताको प्रतीक आँखा चिन्ह लिएर उपस्थित भएको छु । मलाई पूर्ण भरोसा छ । यहाँहरूले मेरो पार्टीको चुनावचिन्ह एक आखा मा मतदान गर्री अत्यानिक बहुमतले विजयी गराउनु हुनेछ । आफ्नो अमुल्य मतद्वारा एकता, समृद्धि र सुशासनको महाअभियानमा योगदान गर्नुहुन अपिल छ ।

साथै कामी रिन्जी शेर्पाले चुनावि प्रतिबद्धतापत्र यस्तो रहेको बताएका छन ।
एक बर्षे योजनाः
१. महानगर भित्र भैरहेका सडकहरुलाई धुलो नउडाउने र पानी नजम्ने विधी अपनाइने छ ।
२. सहरभित्र वेहाल रुपमा विग्रेका र अव्यवस्थित बस्तिको तार, टेलिफोन तार र टि.भि तारहरुलाई व्यवस्थित गर्ने छु ।
३. जेब्रा क्रसिङलाई सुदृड तथा आधुनिक रुपमा व्यवस्थापन गरी महानगरबासीलाईृ सुविधा दिलाउने छु ।
४. अव्यवस्थित रुपमा ग्रस्त ट्राफिक जाम तथा यातायात लाई सुदृडिकरण गरी माहानगर मैत्रि सिस्टय बनाउने छु ।
५. माहानगरपालिका भित्रको हरेक गाडिहरुलाई तोकेको ठाउमा पेसेन्जर पिकअप गर्ने र ड्रप गर्ने आधुनिक सिस्टमको निर्माण गर्नेछु ।
६. सहरी फोहरमैला उचीत ढंगले रिसाईकल गर्ने र डिस्पोजल गर्ने स्थानको दीर्घकालिन योजनाको खोजी गरी व्यवस्थापन गर्नेछु ।
७. सहर भित्र सडक गल्लीहरुमा भएको सडक कुकुर तथा चौपायहरुको पूरै निषेध गर्नेछु ।
८. सडक वालवालिका , माग्ने र टुुरिष्टको पछि लागेर हैरान गर्ने गलतसमूहलाई उचित तालीम दिलाई रोजगारको अवसर मिलाउनेछु ।
९. प्रत्येक हप्तामा युवा तथा पव्लिक बहुउद्देश्य को लागि अन्तरकृया कार्यक्रम (Talk Program)   सञ्चालन गरिने छ ।
१०. सडक पेटीमा मान्छे हिड्नै नहुने गरी व्यापार गर्न व्यापारीहरुलाई तुरुन्तै हटाउने छु । तर उनीहरुलाई तोकीएको ठाउमा व्यापार गर्ने अवसर प्रधान गरिनेछु ।

२–३ बर्षे योजना
१. सहरी सडकहरुको रेडलाइट तुरुन्त प्रयोगमा ल्याउने पहल गर्ने छ ।
२. काठमाण्डौ को चारै दिशामा बस, कार वाश सेन्टरको निर्माण गरी रिङरोड र रिङरोड भित्र आउने सम्पुर्ण गाडिहरु प्राइमरी वाश गरेर मात्र प्रवेश गराउने प्रविधीका निर्माण गरीर्नेछु ।
३. काठमाण्डौको ग्रीन सिटी को अवधाराना अनुसार योजन बनाई लगातार अगी बढाउने छु
४. काठमाण्डौ सबै क्षेत्रका विज्ञ तथा प्राविधिकहरु संग निरन्तर अन्तरकृय गरी सबै क्षेत्रको साथै क्षेत्र नं. ४ लाई पनि पर्यटकिय स्थल बनाउने दृड संकल्प गर्दछु ।
५. सिंगै ४ नं. क्षेत्र संग सहकार्य गरि पशुपति मन्दिर, जयबाग्यश्वरी क्षेत्र, चावहिल गणेषस्थान, चारुमति विहार, चारुमति स्तुपा, महान्काल, बौध क्षेत्र , कपन क्षेत्रको हिन्दु तथा बौध मन्दिर , गोन्पा, तारेवीर, नारायणस्थान मन्दिर र शिवापुरी क्षेत्रलाई ठाउ ठाउमा ग्रिन पार्क निर्माण गरि शहरीय सौनदार्यलाई प्राकृतीक सौन्दर्यमा बदली नमुना पर्याटकीय शहर बनाउने छु ।
६. अकाशे पानीको खेती (Sky Rain Harvest ) आधुनिक अवधारणा लाई तदारुकताको साथ डिजाईन गरि काठमाण्डौ क्षेत्र नं. ४ का वासीन्दाहरुलाई खानेपानीको समास्याबाट मुक्त गराउने छु । साथै भूमिगत पानीको श्रोतलाई कमी हुन नदिन रिर्चाज सिस्टम द्धारा पानीको श्रोतलाई कार्य जारी राखिनेछ ।
७. काठमाण्डौको स्थानीय बासिन्दाको भाषा संस्कृतिलाई संरक्षण – सम्बर्धन गरी यहाको पर्यटन प्रवर्धनको मुल आधार बनाईने छ ।

४–५ बर्षे योजना
१. काठमाण्डौ क्षेत्र ४ को सम्पुर्ण भवनहरुलाई शहरीय सौनदर्य झल्कीने गरी एउटै कलरको बनाउन उत्प्रेरित गराउने छु ।
२. सडक निर्माण , सडक कुचीकार (सरसफाई) मेन्टेनेन्स , फोहरमैला, पानी ट्याङकर, ठेला गाडा, टेक्टर, निर्माण सामाग्री यातायातको साधन, जस्ता विवीद विषयहरुलाई वेलुकी ७ बजे देखि विहान ६ बजे सम्म वा अनुकुल समयमा मात्र काम गर्न पर्ने व्यवस्था बसालिने छु ।
३. क्षेत्र नं. ४ का नागरिकहरुलाई विशेष एम्बुलेन्स द्धारा निःशुल्क स्वास्थ्य सेवा सम्म पुग्न तुरुन्त व्यवस्था गरिने छ ।
४. क्षेत्र नं. ४ को सबै शहर बासीहरु तथा नागरिकहरुलाई मेडिकल इन्स्युरेन्स र भवन इन्स्युरेन्स गर्न आवश्यक पहल गरिनेछ ।
५. कृषि , साना व्यवसाय, होटेल, उद्योग, पर्यटन व्यवशायहरुलाई, प्राथामिकतामा राखिने छ ।
६. युवा स्वारोजगार सम्बन्धी व्यवस्था तर्फ पूर्ण ध्यान केन्द्रित गराइने छ ।
७. धोविखोला (रुद्रमति खोला) दुवै किनाको सडकलाई व्यवस्थित गरी कालो पत्रे गरी यातायात सुचारु गरिने छ ।
८. धोेबिखोलालाई ठाउँ ठाउँमा उपयुक्त स्थानमा फोल्डीङ सिस्टमको ड्याम बनाई ड्राई सिजनमा त्यसलाई कृषि उपजको निम्ति प्रयोगमा ल्याइने छ । साथै धोबिखोलामा ढल मिसाउन बन्द गरी पानीलाई सफा बनाइने छ र यसमा माछा पालन व्यवसाय स्थापना गरी बेरोजगार लाई रोजगार बनाउने छ ।

दिर्घकालिन योजनाः

. रातो पुल देखी धोविखोलाको माथि हुँदै शिवपुरी थुम्को डाडा सम्म केवुलकार निर्माण गर्न सरकार तथा गैर सरकारी संयुक्त योजनामा तयारीका साथ अगाडि बढिने छ । यसले पर्यटनको लागि एक उत्कृष्ट समृद्धिको मेरुदण्ड सावित हुनेछ । यस कार्यले पर्यटनको लागि एक उत्कृष्ट गन्तव्य हुनेछ भने काठमाण्डौको लागि समृद्धिको मेरुदण्ड सावित हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -