स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ५ का उद्यमीको भेला रामपुरमा

सेयर गर्नुहोस

रामपुर, पाल्पा, ३० कात्तिक : प्रदेश नं ५ को प्रथम उद्यमी भेला पाल्पाको रामपुरमा बुधबार सम्पन्न भएको छ ।

प्रथम उद्यमी भेलालाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ५ का अध्यक्ष नेत्र पाठकले ठूला उद्योगीलाई र साना उद्योगीलाई सरकारले हेर्ने दृष्टि फरक रहेको बताउँदै साना उद्योगीको व्यवस्थापन र उत्थानको लागि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले रामपुर क्षेत्र सम्भावना रहेको नगर बताउँदै उद्योगीलाई प्रविधिको प्रयोग गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महिला उपाध्यक्ष शान्ता शर्माले महिलालाई सरकारले केही व्यवस्था गरेपनि महिला उद्यमी समाजका विविध कारणवस अझै बाहिर आउन नसकेको बताउनुभयो ।

त्यस्तै, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले अबको समय राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक र औद्योगिक क्रान्ति भएको बताउँदै रामपुर क्षेत्रको उद्योग व्यवसायको विकासका लागि सबैजना एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

रामपुरमा महासंघ गठन

यसैबीच, रामपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नगर तदर्थ कार्य समिति गठन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, पाल्पाको आयोजनामा बुधबार रामपुरमा सम्पन्न उद्योगीको भेलाले रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दोवराज तिवारी, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा खिमबहादुर क्षेत्री (पुरुषोत्तम), कोषध्यक्षमा ऋषि पोखरेल, सचिवमा विष्णु पौडेल हुनुहुन्छ ।

यसैगरी, सदस्यहरुमा केशवराज आचार्य, युवराज शाही, मुक्ति भट्टराई, कृष्णबहादुर खड्का, राधिका भण्डारी, गनबहादुर थापा, पुननारायण श्रेष्ठ, सन्तोष पौडेल, खगनाथ न्यौपाने, चण्डीप्रसाद खनाल र बाबुराम खनाल रहनुभएको छ ।

(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -