स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको– अध्यक्ष केपी ओली

सेयर गर्नुहोस

विराटनगर, ३१ भदौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाउनुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गर्नुभयो । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पार्नुभयो ।

उहाँ सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -