स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

‘पाणिनी तपोभूमि’ नामक वृत्तचित्र सार्वजनिक

maharshi-panini
सेयर गर्नुहोस

काठमाडौँ, १७ भदौ । संस्कृत भाषा तथा व्याकरणका ज्ञाता पाणिनीका विभिन्न गतिविधिलाई समेटेर ‘पाणिनी तपोभूमि’ नामक वृत्तचित्र सार्वजनिक गरिएको छ ।

उक्त वृत्तचित्रमा पश्चिमी नेपालको अर्घाखाँचीस्थित पाणिनी गाउँमा उहाँले गरेको तपस्याका साथै १४ सूत्र सिद्ध गरेका विषय वस्तुलाई समावेश गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो वृत्तचित्रको विमोचन गर्दै संस्कृत भाषाको विकासका लागि पाणिनीको व्याकरण महत्वपूर्ण रहेको उहाँका बारेमा थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले शिवजीले डमरु बजाउँदै पाणिनीलाई प्रदान गरेका ती सूत्रलाई ‘महेश्वरी सुत्राणी’ भनिने जानकारी गराउँदै उहाँले ती सूत्र ग्रहण गरेपछि विभिन्न भाषाको विकासमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

सांसद दुमन थापाले पाणिनी अन्तर्राष्ट्रिय तहका ज्ञानी भएको विषयवस्तुका साथै तपोभूमिलाई परिचित गराउन वृत्तचित्रले सहयोग पु¥याउने बताउँदै लुम्बिनी आउने पर्यटकलाई त्यस क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति माधवराज गौतम, संस्कृतिविद् द्रोण रजौरिया, अर्थशास्त्री डिल्लीराज खनाल, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलगायतले दक्षिण एसियाको हिन्द नदी आसपासमा रहेको तक्षशीला क्षेत्रबाट पाणिनी पश्चिमी नेपालको अर्घाखाँचीमा आएर ध्यान तथा तप गरी प्राप्त गरेको ज्ञानले विभिन्न भाषाको विकासमा योगदान गरेकाले भाषाशास्त्रीका लागि उक्त स्थल महत्वपूर्ण हुने बताउनुभयो ।

आधा घण्टा समय अवधिको वृत्तचित्र स्थानीयवासी गिरीराज पोखरेलले निर्माण गर्नुभएको हो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -