स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क भोज

सेयर गर्नुहोस

राजविराज, २ भदौ । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो ।

जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र तरकारीसहित खाना खुवाएको नेपाली सेनाले जनाएको छ ।

कृष्णदल गण राजविराजबाट गएको नेपाली सेनाको टोलीले त्यहाँ रहेका बाढीपीडितलाई खाना खुवाएका हुन् । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।

१८ नं वाहिनी अड्डा सिए गुल्म, उदयपुरबाट आएका चिकित्सकद्वारा करिब ४१० जना स्थानीय बाढीपीडितलाई निःशुल्क उपचार गराइएको कृष्णदल गणका नेपाली सेनाका सेनानी सुरेन्द्रदेव बोगटीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आयोजित सो स्वास्थ्य शिविरमा एकजना एमबिबिएस डाक्टरससहित छजना डाक्टरको टोलीले ती बाढीपीडितलाई उपचार गराई निःशुल्क औषधिसमेत वितरण गरेको सेनानी बोगटीले जानकारी दिनुभयो ।

यसैबीच, राजविराज–१० स्थित बिरोलमा खाँडो नदीबाट क्षति भएको बाँधलाई समेत नेपाली सेनाले मर्मत एवं पुनःनिर्माणमा जुटेको नेपाली सेनाले जनाएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -