स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सिरहामा ८४२ घरेलु तथा साना उद्योग दर्ता

सेयर गर्नुहोस

लहान, २१ साउन । सिरहामा गत आर्थिक वर्षमा ८४२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सिरहाकाअनुसार आर्थिक वर्ष ०७३÷७४ मा उत्पादनमूलक उद्योग २७४, सेवामूलक उद्योग ४०७ र कृषि तथा वनजन्य उद्योग १६१ गरी कुल ८४२ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७२÷७३ को तुलनामा यो संख्या दोब्बर भन्दा बढी हो । आर्थिक वर्ष ०७२÷७३ मा जिल्लामा ३६१ वटा नयाँ उद्योग दर्ता भएको थियो ।

योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ७८, कृषि तथा वनजन्य उद्योग ५०० र सेवा उद्योग दुई हजार ३६३ गरी घरेलु तथा साना उद्योगको संख्या तीन हजार ९८९ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख राजेन्द्रकुमारलाल कर्णले जानकारी दिनुभयो ।

बैंँक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा बृद्धि भएको पनि प्रमुख कर्णले बताउनुभयो ।

यस्तै आव ०७३÷७४ मा ५२६ वटा उद्योगको नवीकरण, २१ वटा उद्योगको नामसारी गरिएको छ भने सो अवधिमा नयाँ उद्योग दर्ताबाट रु ४१ लाख ७१ हजार ३१० राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -